Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भाजपा विदेश विभाग प्रमुख चौथाईवालेले भेटे देउवा र नेपाललाई

    भाजपा विदेश विभाग प्रमुख चौथाईवालेले भेटे देउवा र नेपाललाई

    अनलाइन नेपाल
  • मंगलबार, ५ बैशाख २०८०
  • 462
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेट भएको छ ।

    नेपाल भ्रमणमा रहेका भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले कांग्रेस सभापति देउवासंग आज भेटवार्त गरेका हुन् ।



    चौथाईवालेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मंगलबार छुट्टाछुट्टै भेटेका छन् ।



    भेटमा नेताहरुले दुई पक्षीय सम्बन्धलाई बलियो बनाउनेबारे जोड दिनुका साथै दलगत सहकार्यलाई पनि बढावा दिने विषयमा कुराकानी भएको चौथाइवालेले आफ्नो ट्वीटरमा उल्लेख गरेका छन् ।

    चौथाइवाले बिहीबार नयाँ दिल्ली फर्कने छन् । उनी वैशाख ३ गते धनगढीमा भएको मानसखण्ड सम्मेलन समापन समारोहमा सहभागी हुन सडकमार्गबाट नेपाल आएका थिए ।

    भेटमा दुई देशबीच सामाजिक, आर्थिक, सांस्कृतिक राजनीतिक, कूटनीतिक सम्बन्धलाई अझ बलियो बनाउने विषयमा छलफल भएको चौथाइवाले बताए । उनले साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार