Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपाल आउँदै

    भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपाल आउँदै

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 732
    SHARES

    काठमाडौं । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवाले नेपाल भ्रमणमा आउने भएका छन् ।

    चौथाइवाले आइतबार एक कार्यक्रममा सहभागी हुन सडक मार्ग हुँदै साँझ नेपाल आउन लागेका हुन् ।



    चौथाइवाले धनगढीमा आयोजना हुने कार्यक्रममा सहभागी हुने बताइएको छ ।



    भारतको अन्तर्राष्ट्रिय सहयोग परिषद् (एआरएसपी) र नेपाल–भारत सहयोग मञ्च नेपालको आयोजनामा शनिवारदेखि धनगढीमा ‘मानस खण्ड’ कार्यक्रम भइरहेको छ ।

    कार्यक्रममा सहभागी भएर उनी मङ्गलवार काठमाडौँ आउने बताइएको छ । सोमवार हुने एउटा सत्रको अध्यक्षता नेपाली काङ्ग्रेसकी नेतृ आरजू राणा देउवाले गर्ने छिन् भने सोही सत्रको सह अध्यक्षता भाजपाका विदेश विभाग प्रमुख चोथाइवालेले गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार