Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

टी–२० विश्वकप : वेस्टइन्डिजविरुद्ध दक्षिण अफ्रिका विजयी

एजेन्सी । आइसिसि टी–२० विश्वकपको सुपर १२ अन्तर्गतको खेलमा वेस्ट इन्डिजविरुद्ध दक्षिण अफ्रिका विजयी भएको छ।

मंगलबार भएको खेलमा दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई ८ विकेटले हराएको हो।

वेस्ट इन्डिजले दिएको १ सय ४४ रनको लक्ष्य दक्षिण अफ्रिकाले २ विकेटको क्षतिमा १० बलअघि नै भेट्टायो।

उसका लागि आइडेन मरक्रामले २६ बलमा ५१ रनको पारी खेले। रसाइ भान डेर दुसेनले ४३ रन बनाउँदा रिजा हेन्ड्रिक्सले ३९ रनको योगदान दिए।

त्यसअघि पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो। उसका लागि इभिन लेविसले सर्वाधिक ५६ रन बनाए भने कप्तान किरन पोलार्ड २६ रनको योगदान दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077