Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जबराको राजीनामा माग्दै नेपाल बारले भन्यो, ‘राजीनामा नदिए देशव्यापी आन्दोलन’

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेको छ।

बारले मंगलबार एक विज्ञप्ति जारी गर्दै जबराको राजीनामा माग गरेको हो। बारले जबराले राजीनामा नदिए देशव्यापी आन्दोलन घोषणा गर्ने चेतावनी पनि दिएको छ।

‘‘वर्तमान गतिरोधको अन्त्य गरी सहज निकास दिन सम्मानननीय प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराज्यूले अविलम्व राजीनामा दिई मार्गप्रशस्त गर्नु नै उपयुक्त हुन्छ भनी नेवाएको सल्लाहकार समितिको बैठकको सुझाव समेतका आधारमा नेबाएको मिति २०७८/०७/५ गतेदेखिको निरन्तर बैठकको निर्णयअनुसार उहाँलाई पद त्याग गर्न आह्वान गर्दछौं,’ बार एशोसिएसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077