Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

९४ तोला चाँदीसहित मोरङबाट धर्वेन्द्र शर्मा पक्राउ

मोरङ । जिल्ला प्रहरी कार्यालयले ९४ तोला चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रतुवामाई नगरपालिका-३ छालगाछीका ३० वर्षीय धर्बेन्द्र शर्मा रहेका छन् ।

शर्मालाई प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चाँदीको तार बनाई ल्याएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनको साथबाट बिल नभएको ९४ तोला चाँदी बरामद गरिएको छ।

बरामद चाँदीसहित उनलाई आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय रानी विराटनगर पठाइने मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077