Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति भण्डारीकी छोरी उषाकिरणलाई एमाले सचिव बनाउने केपी ओलीको तयारी !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले राष्ट्रपति विद्यादेवी भण्डारी र एमालेका दिवंगत महासचिव मदन भण्डारीकी जेठी छोरी उषाकिरण भण्डारीलाई दशौं महाधिवेशनमा पदाधिकारी बनाउने तयारी थालेको छ।

स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली पनि उषाकिरणलाई राजनीतिमा अगाडि बढाउन तयार भएका छन् । उनलाई सकभर सचिव बनाउने गरी तयारी थालिएको स्रोतको भनाइ छ।

यता, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य उषाकिरणले राजनीतिमा आउन आधार तयार गरिसकेको बताइएको छ। विगतमा उक्त संघमा राष्ट्रपति भण्डारी अध्यक्ष रहेकी थिइन् ।

यस्तै, उषाकिरण एमालेको राजनीतिमा प्रभाव बनाउँदै आएको मदन भण्डारी फाउण्डेशनमा अध्यक्ष समेत रहेकी छिन् । उनलाई राजनीतिमा ल्याउनकै लागि राष्ट्रपति भण्डारीले वर्षौ देखि त्यही अनुसारको स्कुलिङ गर्दै आएको स्रोत बताउछ ।

उषाकिरणले दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट एमए गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077