Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गिनिज बुकमा ओलीको नाम १ नम्बरको गफाडी प्रधानमन्त्री भनेर लेखिन्छ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गफाडी प्रधानमन्त्रीको संज्ञा दिएका छन् ।

हिजो मंगलबार सर्लाहीको हरिवनमा आयोजित एक कार्यक्रमा पूर्व एमालेका महासचिव समेत रहेका नेपालले ओलीले काम केही नगर्ने, झूठा बोल्ने र हसाउँने मात्र गरेको आरोप लगाए।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले केही दिन अघि आफ्नो नेतृत्वको सरकारले गरेका कामले नै गिनिज बुकको आधा भाग भरिने भन्दै गरेको दावीलाई खण्डन गर्दै अध्यक्ष नेपालले भने, 'गिनिज बुक अफ वर्ल्ड रेकर्डमा उहाँको नाम नेपालको १ नम्बरको गफाडी प्रधानमन्त्री भनेर लेखिन्छ।'

यस्तै अध्यक्ष नेपालले एमालेमा विद्रोह गरेर निस्केपछि देशमा विद्रोहको राँको बालेको पनि दावी गरे । अहिले त्यहीँ राँको लिएर लिएर देश दौडाहामा लागेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077