Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इराकको पूर्वी प्रान्तमा आइएसको आक्रमणबाट १० जनाको मृत्यु, १२ घाइते

    इराकको पूर्वी प्रान्तमा आइएसको आक्रमणबाट १० जनाको मृत्यु, १२ घाइते

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । इराकको पूर्वी प्रान्त दियालामा आइएसको आक्रमणमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ । प्राप्त समाचारअनुसार सो आक्रमणमा परी अरु १२ जना घाइते भएका छन् ।

    दियाला प्रान्तका प्रहरी प्रवक्ताका अनुसार उक्त प्रान्तमा आइएसका आक्रमणकारीले त्यहाँ पछिल्लो समयमा हिसात्मक क्रियाकलापहरु अघि बढाएकाले इराकी सेनाले कारबाही सुरु गरेको थियो ।



    इराकी राष्ट्रिय सुरक्षा निकायहरुले उक्त प्रान्तमा पछिल्लो समयमा सुरक्षा व्यवस्था कडा पारेर आइएसहरुको खोजी अभियानलाई तीब्र पारेको बताएको छ ।



    त्यसक्रममा गत हप्तामात्र पनि सो दियाला प्रान्तमा यहाँका सुरक्षा निकायहरुले गरेको कारबाहीका क्रममा आइएसका केही सदस्यको निधन भएको थियो ।

    इराकी सरकारले इराकका विभिन्न स्थानमा आइएसका हिंसात्मक गतिविधीहरु बढ्दै गएको भन्दै खोजी अभियान थालेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार