Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सिरियाली कारबाहीमा आइएसका वरिष्ठ कमाण्डर महमद मारिए

    सिरियाली कारबाहीमा आइएसका वरिष्ठ कमाण्डर महमद मारिए

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 768
    SHARES

    काठमाडौं । सिरियाली कारबाहीमा आतंकबादी समूह आइएसका एक जना वरिष्ठ कमाण्डर मारिएका छन् ।

    सिरियाली सेनाले देशको दक्षिणी प्रान्त दाराको मेजेरिब शहरमा गरेको कारबाहीका वरिष्ठ कमाण्डर महमद अहमद अल–हलाकको मृत्यु भएको हो ।



    दक्षिणी सिरियाको दारा क्षेत्रको यारमाउकमा आइएसको एक तालिम केन्द्र रहेको बताइएको छ । सोही तालिम केन्द्रको प्रमुखका रुपमा महमद कमाण्डरले काम गरिरहेका थिए ।



    सेनाले केही दिन यतादेखि सिरियाको दारा क्षेत्रमा आइएसका विरुद्धमा व्यापक मात्रामा कारबाही अघि बढाएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार