Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अफगानिस्तानमा तालिबान र आइएसबीच नयाँ युद्ध शुरु

    अफगानिस्तानमा तालिबान र आइएसबीच नयाँ युद्ध शुरु

    अनलाइन नेपाल
  • शनिबार, १३ कार्तिक २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । अफगानिस्तानको पूर्वमा रहेको जलालाबाद सहरको बाहिरी इलाकामा हरेक केही दिनमा सडक किनारमा शवहरू देखिन्छन्।

    कसैलाई गोली हानिएको छ, कसैलाई फाँसी दिइएको छ भने धेरैको टाउको काटिएको छ। यीमध्ये धेरै शवहरू नजिकै हातले लेखिएका नोटहरू राखिएको छ जसमा उनीहरू इस्लामिक स्टेट (आईएस) को अफगानिस्तान शाखाका हुन् भनेर लेखिएको छ।



    यी हुन् बर्बर हत्याहरु जसको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन। तर यी हत्याका लागि तालिबान जिम्मेवार रहेको विश्वास गरिन्छ। आईएसलाई तालिबानको कट्टर प्रतिद्वन्द्वी मानिन्छ। यस वर्षको अगस्टमा आइएसले राजधानी काबुलको एयरपोर्ट बाहिर आत्मघाती बम विष्फोट गराएको थियो जसमा १५० जनाको मृत्यु भएको थियो।



    अब यी दुई समूहहरू अहिले रक्तपातपूर्ण द्वन्द्वमा फसेका छन्, जसको अनुभव जलालाबादमा महसुस गर्न सकिन्छ। तालिबान विद्रोहको अन्त्यपछि अफगानिस्तान अहिले शान्त भएको छ। तर जलालाबादको अवस्था फरक छ। यहाँ दुवै समुहका लडाकुहरूले दिनहुँजसो आक्रमणको सामना गरिरहेका छन्।

    आईएस जसलाई मानिसहरूले स्थानीय रूपमा ‘दएश’ भनेर बोलाउँछन्, उसलाई लडाकु हमला हुँदा लुुकाउने गर्छन्। विगतमा, तालिबानले अफगानिस्तानको पूर्व सरकारमाथि आक्रमण गर्न सडकको छेउमा बम राख्ने र गोप्य हत्याहरू गर्ने जस्ता कार्यहरू सफलतापूर्वक प्रयोग गरेका छन्।

    इस्लामिक स्टेटले तालिबानलाई ‘विश्वासघाती’ भएको आरोप लगाउँछ किनभने यो इस्लामको बारेमा कट्टरपन्थी छैन, जबकि तालिबानललाई धर्मद्रोही र अतिवादी भएको आरोप लगाउँछ।

    जलालाबाद सहर नान्गाहार प्रान्तमा छ, जहाँ तालिवानका गुप्तचर प्रमुख डा. बशीर छन्। डा. बशीर आफ्नो कडा अडानका लागि परिचित छन्। यसअघि उनले आईएसलाई कुनारको गढबाट निष्कासन गर्न सघाएका थिए।

    शहर बाहिर सडक छेउमा सर्वसाधारणलाई देखाउनका लागि राखिएका शवहरूसँग तालिबानको कुनै सम्बन्ध नभएको बशीर बताउँछन्। यद्यपि उनी गर्वका साथ भन्छन् कि उनका लडाकुहरूले इस्लामिक स्टेटका दर्जनौं सदस्यहरूलाई समातेका छन्। तालिबानले अफगानिस्तानमा कब्जा गरिरहेको बेला जेलमा रहेका इस्लामिक स्टेटका धेरै लडाकुहरू अराजकताको बीचमा भागेका थिए।

    तालिबान आइएसको सामना गर्न तयार

    तर, डाक्टर बशीर चिन्ता लिनुपर्ने कुरा नभएको बताउँछन्। उनी भन्छन्, “हामीले संसारलाई एउटै कुरा भनेका छौं, चिन्ता नगर्नुहोस्। यदि विश्वासघातीहरूको सानो समूहले टाउको उठाएर त्यस्ता आक्रमणहरू गरायो भने …. अल्लाहको इच्छा हो भने हामीले जसरी युद्धको मैदानमा ५२ देशको गठबन्धनलाई हरायौं उनीहरुलाई पनि हराउँछौं।’’

    अफगानिस्तानमा दुई दशकदेखि विद्रोहमा संलग्न बशीर भन्छन्, “हाम्रा लागि छापामार युद्ध रोक्न सजिलो हुनेछ।’’

    तर वर्षौंको युद्ध र रक्तपात देखेका अफगानीहरू पश्चिम र अफगानिस्तानका छिमेकी देशहरूमा इस्लामिक स्टेटको फैलावटप्रति चिन्तित छन्। अमेरिकी अधिकारीहरूले अफगानिस्तानमा रहेको इस्लामिक स्टेट ६ महिनादेखि एक वर्षभित्र विदेशी देशहरूमा आक्रमण गर्न तयार हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।

    हालसम्म इस्लामिक स्टेटले अफगानिस्तानको कुनै पनि क्षेत्र कब्जा गर्न सकेको छैन। यसअघि आइएसले नान्गाहार र कुनार प्रान्तमा आफ्नो बेस बनाएको थियो। तर तालिबान र अमेरिकी हवाई आक्रमणको सहयोगमा अफगान सेनाले त्यसलाई धपाएको थियो।

    यस समूहसँग अहिले तालिबानभन्दा कम लडाकुहरू छन्। तालिबानका ७० हजार सदस्यहरू अहिले अमेरिकी हतियारले सशस्त्र छन् भने आइएस लडाकुको संख्या अहिले केही हजार लडाकुमा सिमित भएको छ।

    तर आइएसले देशमा रहेका अन्य मध्य एसियाली र पाकिस्तानी विदेशी लडाकुहरूलाई पनि आफ्नो सदस्य बनाउन सक्ने डर छ। साथै, भविष्यमा तालिबान सदस्यहरूबीच मतभिन्नता भयो र यो समूह फुट्यो भने क्रोधित सदस्यहरू पनि आइएसमा सामेल हुन सक्ने डर पनि छ।

    अमेरिकाले इस्लामिक स्टेटलाई लक्षित गर्न अफगानिस्तान बाहिरबाट आक्रमणहरू जारी राख्न सक्षम हुने आशा गरेको छ। यद्यपि, तालिबान यस मामिलामा उत्साहित छ र विद्रोहीहरूसँग एक्लै लड्न सक्छु भन्ने विश्वास गर्दछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार