Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाल्पाकी २४ वर्षीया महिलाले जन्माइन् एकै पटक चम्ल्याहा छोरीहरु

लुम्बिनी । रुपन्देहीस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा एक महिलाले ४ शिशुहरूलाई जन्म दिएकी छिन्।

अस्पतालका अनुसार गत कार्तिक ६ गते अस्पतालमा भर्ना भएकी पाल्पाको माथागढी गाउँपालिका-१ चिदीपानीकी २४ वर्षीया सीता सार्कीले चम्ल्याहा शिशुको जन्म दिएकी हुन् ।

उनले ९ गते मंगलबार दिउँसो ४ छोरीहरुलाई जन्म दिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार मंगलबार दिउँसो २ बजे जन्मिएका शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

पहिलो शिशुको तौल ११ सय ग्राम, दोस्रोको ११ सय १५ ग्राम, तेस्रोको १ हजार ६० ग्राम र चौथोको ११ सय ३० ग्राम रहेको अस्पतालले जानेको छ । हाल आमा सामान्य वार्डमा र शिशुहरूलाई एनआईसीयूमा राखिएको अस्पतालको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077