Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोखरामा स्कुल बसबाट खसेर विद्यार्थीको मृत्यु

पोखरा । पोखरामा स्कुल बसबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ । पोखराको हेमजास्थित ज्ञानसागर एकेडेमी स्कूल बसबाट खसेर ज्ञानसागर एकेडेमीमा युकेजीमा अध्ययनरत ८ वर्षीय रोमन तामाङको मृत्यु भएको हो।

गम्भिर घाइते भएका विद्यार्थीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। तामाङ ना १ क २३७३ नम्बरको बसको ढोकाबाट खसेका थिए।

दुर्घटनामा परी टाउको र शरीरका विभिन्न भागमा चोट लागेका तामाङको उपचार क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो। प्रहरीले धादिङ गंगाजमुना गाउँपालिका–६ घर भएका ४७ वर्षीय बस चालक सानो कान्छा थापालाई पक्राउ गरेको छ।

चालकलाई सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077