Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अफगानिस्तानमा अझै ४३९ अमेरिकी सैनिक रहेको खुलासा

    अफगानिस्तानमा अझै ४३९ अमेरिकी सैनिक रहेको खुलासा

    अनलाइन नेपाल
  • बुधबार, १० कार्तिक २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । अफगानिस्तानमा अझै पनि ४३९ जना अमेरिकी सैनिक रहेको तथ्य सार्वजनिक भएको छ ।  अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अरु सबै अमेरिकी सैनिकहरूलाई फिर्ता गरिएपनि ४३९ जना अफगानिस्तानमै रहेको जनाएको हो ।

    अमेरिकाको नेतृत्वमा गएको सैनिक गठवन्धनका अधिकांश सैनिकहरू तालिवान विद्रोहीहरूले सत्ता कब्जा गरेपछि अफगानिस्तान छाडेर फिर्ता भएका थिए ।



    सिनेटमा भएको एउटा सुनुवाईका क्रममा रक्षा मन्त्रालयका अधिकारीले अफगानिस्तानमा ४३९ जना अमेरिकी सैनिक अझै पनि अफगानिस्तानमै रहेको जानकारी दिएका हुन् ।
    उनले अफगनिस्तानमा रहेका सवै अमेरिकी सैनिकहरु आफुहरूको निरन्तर सम्पर्कमा रहेको पनि स्पष्ट पारेका छन् ।



    मन्त्रालयका उपसचिव कोलिन काह्लले अफगानिस्तानमा रहेका अमेरिकी सैनिकमध्ये १७६ जना अफगानिस्तान छाड्न तयार रहेको जानकारी दिए ।

    तर २४३ जना भने अफगानिस्तान छाड्ने की नछाड्ने भन्ने बारेमा अन्यौलमा रहेको पनि उपसचिव काह्लले बताए । अफगानिस्तानमा रहेको सैनिक टोलीले घोषित रुपमा गत अगस्ट ३१ मा अफगानिस्तान छाड्न सुरु गरेको थियो ।

    तालिवान लडाकूहरूले सत्ता कब्जा गरेपछि गठवन्धन सैनिकले अफगानिस्तान छोड्ने निर्णय गरेको थियो । गठवन्धन सेनाले झण्डै २० बर्ष सेवा गर्दा पनि सफलता प्राप्त गर्न भने सकेन । अफगानिस्तानको युद्ध अमेरिकाले अन्य देशमा गरेका युद्धमध्ये सबैभन्दा लामो युद्ध हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार