Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जुवा र क्यासिनोबाट उदाएका प्रधानन्यायाधीशका भाई प्रभुशमशेरको कथा

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा  बिबादमा तानिएपछि उनका भाई प्रभुशमशेर राणाको सक्रियता बढेको छ  ।

प्रभुले दाजुलाई जोगाउनका लागि राजनीतिक दलका नेताहरुसँग भेटघाट बढाएका छन्। मंगलबार प्रभुले नक्सालस्थित एक भवनमा नेकपा एमालेका नेता वामदेब गौतमलगायतका नेतासँग भेटघाट गरेका थिए। चोलेन्द्रले  कार्यपालिकामा गरेको हस्तक्षेप, उनको नैतिकता र चरित्रलाई लिएर अनेक प्रश्न उठिरहेका छन् । चोलेन्द्र प्रधानन्यायाधीश बनेपछि प्रभुको गतिविधि पनि निकै बढेको थियो।

मुद्दाका बादी / प्रतिबादीसँग प्रभुकै बार्गेनिङ धन्दाका कारण सर्बोच्चका अधिकाँश न्यायाधिसहरु चोलेन्द्रसँग चिढिएको वताइन्छ।

मुख्य पेसा घरमा जुवा खेलाउने प्रभुशमशेर एक समय व्यक्तिगत तथा बैंकको ऋणमा चुर्लुम्मै डुबेका थिए । बानेश्वर देवकोटामार्गस्थित शिवदर्शन हल भएको सत्ताइस आना जमिनकी सोझी महिलालाई जालमा पारेर उक्त जमिन आफ्नो नाममा  ल्याउन सफल प्रभुले सोही जमिन बैंकमा धितो राखेर ऋण लिए।

आफ्नै जमिनको पचास प्रतिशत स्वामित्व गुमाएकी ती विधवा महिलाको जमिनमा कमर्सियल कम्प्लेक्स (आईपेक्स मल ) बनाए । कुनै समय एटिक बारमा विभिन्न मुद्दाका वादी–प्रतिवादीहरूसँग छलफल तथा ‘सेटिङ’ गर्दै गरेको भेटिने प्रभु क्यासिनो ऱ्याडको मुद्दा मिलाउने भन्दै लिएको एक करोड रुपैयाँ फिर्ता दिन आनाकानी गरेपछि केही घन्टा सोह्रखुट्टेस्थित प्रहरी चौकीमा बिताउन बाध्य भएका थिए ।

भेनस क्यासिनोको मुद्दा मिलाउने भन्दै एक करोड पचास लाख रुपैयाँ हात पारेका प्रभुले रोयल क्यासिनोको मुद्दा मिलाउने नाममा तीन करोड बुझेको र यस्ता अनेकौँ मुद्दामा बिचौलिया बनेर रकम सँकलन गरेका थिए। प्रभुले दुई वर्षभित्रै अमेरिकाको टेक्सास र थाइल्याण्डको बैंककमा एक–एकवटा अपार्टमेन्ट खरिद गरेको उनी निकट स्रोतको दाबी छ। प्रभुले अबैध रुपमा कमाएको पैसा हुन्डी गरेर दुबइमा पुर्याउने गरेको पनि एक व्यबसायी दाबी गर्छन्।

कतिपय मुद्दामा वादी र प्रतिवादी दुवैतर्फबाट नगद बुझ्ने  र जसले मुद्दा जित्छ उसको पैसा खाने उनको  धन्दा रहेको अदालतहरुमा चर्चा हुने गर्दछ।  हार्ने पक्षलाई उनले पैसा फिर्ता समेत गर्दैनन् । आफ्नो च्यानलबाट विभिन्न मुद्दा र झगडियाहरूको बारेमा सूचना प्राप्त गर्ने र प्राप्त सूचनाका आधारमा वादी–प्रतिवादीहरू खोजी गरी प्रभुले मोलमोलाई गर्दै आएको एक पीडितले नाम उल्लेख नगर्ने सर्तमा वताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077