Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बालोन डी’ओरको विजेता ‘लिक’ ! यस्तो छ लिक भएको सूचि

एजेन्सी । बालोन डी’ओर २०२१ कसले जित्छ भनेर अनुमान लगाउन मुश्किल भइरहेको छ। लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, करिम बेन्जेमा, रोबर्ट लेवान्डोस्की र जर्जिन्होलाई बालोन डी’ओरको मुख्य दाबेदार मानिएको छ।

अवार्ड घोषणा हुनुभन्दा एक महिनाअघि सूचि लिक भएको पाइएको छ। यद्यपि त्यसको आधिकारिकता भने पुष्टि भएको छैन। लिक भएको उक्त सूचिमा बालोन डी’ओर लेवान्डोस्कीले जितेको उल्लेख गरिएको छ।

सामाजिक सञ्जालमा उक्त सूचिसहितको सो तस्वीर भाइरल भइरहेको छ। सूचिको दोस्रो स्थानमा मेसी छन्। तेस्रो स्थानमा बेन्जेमा रहेका छन्। रोनाल्डो भने नवौं स्थानमा छन्।

चौथो स्थानमा मोहमेद सालाह, पाँचौंमा जर्जिन्हो, छैटौंमा किलिएन एमबाप्पे, सातौंमा एनगोले कान्ते, आठौंमा इर्लिङ हाल्याण्ड र दशौं स्थानमा केभिन डि ब्रुयन रहेका छन्।

२०१८ को बालोन डी’ओरबारे पनि पहिल्यै सुचना लिक भएको थियो। आधिकारिक रुपमा अवार्ड घोषणा भएपछि उक्त लिक भएको सुचनासँग मिलेको पाइएको थियो। त्यसबेला लुका मोड्रिकले अवार्ड जितेका थिए।

स्रोत : मार्का  


https://www.marca.com/en/football/international-football/2021/10/27/617974b846163f5fa28b45ed.html

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077