Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • आर्यन खान लागूऔषध प्रकरणमा साक्षी किरण गोसावी पनि पक्राउ

    आर्यन खान लागूऔषध प्रकरणमा साक्षी किरण गोसावी पनि पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 1.4K
    SHARES

    एजेन्सी। आर्यन खानको लागूऔषध मुद्दामा साक्षी रहेका किरण गोसावीलाई प्रहरीले पक्राउ गरेको छ । नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले विवादास्पद साक्षी किरण गोसावीलाई पक्राउ गरेको हो ।

    पुणे प्रहरीले गोसावीलाई पक्राउ गरेको पुष्टि गरेको छ । गोसावी विरुद्ध ठगीका धेरै उजुरी परेका छन् र ती मध्ये एउटामा प्रहरीले उनको खोजी गरिरहेको छ । पुणे प्रहरीका अनुसार गोसावीलाई राति नै पक्राउ गरिएको हो । किरण गोसावीविरुद्ध पुणेको फरासखाना प्रहरी चौकीमा ठगीको मुद्दा दर्ता भएको छ ।



    यो २०१८ को मामला हो। उनीविरुद्ध वारेन्ट जारी गरिएको थियो । उनी केही दिनदेखि फरार थिए । गोसावीलाई पक्राउ गर्न पुणे प्रहरीको दुई टोली पनि यूपी गएका थिए।



    प्रहरीका अनुसार २०१८ मा किरण गोसावी र शेरबानो कुरैशीले पुणेका चिन्मय देशमुख नामका युवालाई मलेसियामा जागिर दिलाउने प्रलोभनमा पारेका थिए ।

    यही बहानामा उनले युवकसँग ३ लाख रुपैयाँ ठगी गरेका थिए । यस मामिलामा पुणे पुलिसले शेरबानो कुरैशीलाई मुम्बईबाट पक्राउ गरिसकेको छ र अब गोसावीलाई पनि पक्राउ गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार