Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • आर्यन खानविरुद्ध लागूऔषध मुद्दामा संलग्न भएको प्रमाण फेला परेन

    आर्यन खानविरुद्ध लागूऔषध मुद्दामा संलग्न भएको प्रमाण फेला परेन

    अनलाइन नेपाल
  • शनिबार, ४ मंसिर २०७८
  • 1.1K
    SHARES

    एजेन्सी। मुम्बई उच्च अदालतले मुम्बई क्रुज ड्रग केसमा आर्यन खानलाई दिइएको जमानत आदेशको विस्तृत प्रतिलिपि जारी गरेको छ।

    यसमा उच्च अदालतले आर्यन खानसँग कुनै पनि प्रकारको लागूऔषध पदार्थ नभेटिएको जनाएको छ । भारतीय मिडियाका अनुसार आर्यन खान, अरबाज मर्चेन्ट र मुनमुन धमेचा विरुद्ध कुनै प्रमाण भेटिएको छैन । आर्यन खानलाई लागूऔषध नियन्त्रण ब्यूरोले असोज २ गते पक्राउ गरेको थियो ।



    उनीमाथि मुम्बईबाट गोवा जाने क्रममा क्रूजको ड्रग पार्टीमा सहभागी भएको आरोप लागेको थियो ।  उनीसँगै अरबाज मर्चेन्ट र मुनमुन धामेचासहित २० जनालाई पक्राउ गरिएको थियो । यस मामिलामा न्यायिक हिरासत पाएपछि आर्यन खानले मुम्बईको आर्थर रोड जेलमा तीन हप्ता बिताएका थिए ।



    अक्टोबर २८ मा आर्यनले उच्च अदालतबाट जमानत पाएका थिए । अब बम्बे हाईकोर्टले आर्यन खानको जमानतको लागि आदेश जारी गरेको छ। यसमा मुद्दासँग सम्बन्धित सबै विवरणहरू छन्।

    उच्च अदालतको यो आदेश अनुसार आर्यन खानको फोनमा भेटिएको ह्वाट्सएप च्याटले अन्य अभियुक्तसँगको कनेक्सन देखिँदैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार