Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गठबन्धनले प्रधानन्यायाधीशको महाअभियोगबारे सोचेकै छैन: माधव नेपाल

धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगबारे सत्ता गठबन्धनमा छलफल नै नभएको स्पष्ट पारेका छन्।

पछिल्लो समय विवादित बन्दै गएको प्रधानन्यायाधीश प्रकरणमा राजिनामा र महाभियोगबारे कुरा चलिरहेको बेला अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

अध्यक्ष नेपालले बिहीबार बिहान धनगढीमा पत्रकारहरूसँग भने, ‘हामीले महाभियोगबारे छलफल पनि गरेका छैनौँ, म बाहिरको बाहिर छु । हाम्रो पाँच दलको बैठक पनि बसेको छैन ।'

केही दिन अघि मात्र एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा पुनःस्थापना फैसला गर्ने न्यायाधीशहरुको राजीनामाको माग गरेका थिए । तर, नेपालले उक्त विषय नाजायज र अनुचित भएको बताए । ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको नेपालको जिकिर छ ।

पछिल्लो समय सर्वोच्चका १५ न्यायाधीशहरु जबराको राजिनामा माग गर्दै आएका छन् । उनीहरुले प्रधानन्यायाधीशले राजिनामा नदिएसम्म सर्वोच्च अदालतमा बहस नगर्ने यदी त्यसो गर्दा पनि नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

तर, प्रधानन्यायाधीश जबराले भने आफूले पदबाट राजिनामा नदिने अडान व्यक्त गर्दै आएका छन् ।

उनीबिरुद्ध मन्त्रिपरिषद्‍मा भाग खोजेको, संवैधानिक परिषद्मा भएका नियुक्तिमा भाग खोजेको, आफूविरुद्धको मुद्दाको सुनुवाइ गर्ने इजलासको नेतृत्व आफैले गर्न खोजेको, न्यायालयको स्वच्छता कायम गर्न नसकेकोलगायतका आरोप लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077