Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रतिनिधिसभा बैठकको सुरुमै एमाले सांसदहरुको नाराबाजी

काठमाडौं । संसद्को यो नवौं अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा सुरु भएको बैठकको सुरुमै नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका छन्।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर चालू संसदको नवौँ अधिवेशनका सुरुकै बैठकदेखि लगातार एमालेका सांसदहरूले नाराबाजी गर्दै आएका छन् ।एमाले विभाजनमा सभामुख सापकोटाले पदीय मर्यादाविपरीत काम गरेको एमालेको आरोप छ ।

संसद् सचिवालयलका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७–०७८ पेश गर्नेछन्।

गठबन्धनको सरकार गठन भए यता संसद्ले बिजनेस पाउन सकेको छैन। कतिपय कानुन निर्माणा गर्नुपर्ने भए पनि सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विवादका कारण संसद् अनिर्णयको बन्दीजस्तै बनेको छ।

यसअघि प्रतिनिधिसभा बैठक ९ कात्तिकका लागि तय भएको थियो । तर, एमालेलेको पालिका अधिवेशन पनि सोही दिन भएपछि प्रतिनिधि सभा बैठक आजका लागि सारिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077