Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

‘अबको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ’

सिरहा । नेपाली कांग्रेसकी नेत्री तथा पूर्वमन्त्री चित्रलेखा यादवले अबको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने दाबी गरेकी छिन् ।

स्वर्गीय राजकपुर यादवको पाँचौँ स्मृति दिवसमा सिरहाको गोलबजारमा आज आयोजित कार्यक्रममा उनले कम्युनिष्ट पार्टीलाई जनताले बहुमत दिए पनि जनअपेक्षा अनुरुप काम गर्न नसकेकाले जनप्रिय काम केवल कांग्रेसले मात्र गर्न सक्ने कुरा सबै जनताले बुझिसकेको बताइन् ।

जनताको पक्षमा कांग्रेसले मात्र काम गर्न सक्ने कुरा सबैले बुझिसकेकाले अबको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने जिकिर गर्दै उनले पार्टीभित्रको आन्तरिक विवादलाई मिलाएर एकीकृत ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिइन् ।

स्व. राजकपुर यादवको शालिक निर्माण र ट्रष्ट स्थापनाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले यादवको परिवारजनलाई पार्टीले सहयोग गर्ने बताइन् ।

कांग्रेस गोलबजार नगर समितिद्वारा आयोजित कार्यक्रममा कांग्रेस सिरहाका सभापति रामचन्द्र यादव तथा वरिष्ठ पत्रकार रामरिझन यादवले स्व. राजकपुर यादवको योगदानबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077