Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चीनले भन्यो- विश्व बैंक र आईएमएफले अफगानिस्तानलाई सहयोग गर्न सुरु गर्नुपर्छ

    चीनले भन्यो- विश्व बैंक र आईएमएफले अफगानिस्तानलाई सहयोग गर्न सुरु गर्नुपर्छ

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 2.1K
    SHARES

    एजेन्सी। चिनियाँ विदेशमन्त्री वाङ यीले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लाई अफगानिस्तान पुनर्निर्माणमा पुनः आर्थिक सहायता उपलब्ध गराउन  आग्रह गरेका छन्।

    वाङ यीले भने, ‘अफगानिस्तानलाई आफ्नो खुट्टामा उभ्याउन यो महत्त्वपूर्ण छ र यहाँको विकास सबैभन्दा महत्त्वपूर्ण प्राथमिकता हुनुपर्छ।’



    उनले भने, ‘अफगानिस्तान विकासको बाटोमा अघि बढ्न सक्ने आशामा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले त्यसलाई दिएको रकम पुनर्स्थापना गर्नेबारे फेरि सोच्नुपर्छ ।



    युरोप भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्रीले बुधबार अफगानिस्तानका छिमेकी मुलुकका विदेशमन्त्रीसँगको भिडियो वार्तामा यस्तो बताएका हुन् । ।

    अफगानिस्तानका छिमेकी राष्ट्रहरूको यो दोस्रो बैठक थियो, यसअघि सेप्टेम्बरमा इरानको नेतृत्वमा पहिलो पटक यस्तो बैठक भएको थियो।

    उनले अफगानिस्तान चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड परियोजनाको हिस्सा बन्न सक्ने बताए ।

    वाङ यीले भने, ‘अफगानिस्तानको छिमेकी भएको नाताले यससँग आर्थिक र व्यापारिक आदानप्रदान अभिवृद्धि गर्न, पूर्वाधार बुझ्न र अफगानिस्तान बेल्ट एण्ड रोड परियोजनामा ​​सहभागी हुन समन्वयात्मक र बलियो कदम चाल्नुपर्छ। मलाई लाग्छ तालिबान अन्य देशहरूसँग वार्ता गर्न र सहयोग गर्न इच्छुक छ र यसमा गम्भीर छ।”

    वाङ यीले अमेरिका र पश्चिमी देशहरूलाई एकतर्फी रूपमा अफगानिस्तानमाथि लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरे । उनले विश्व स्वास्थ्य संगठनलाई कोभिड महामारीसँग लड्न थप औषधि उपलब्ध गराउन अपील गरे।

    यसअघि चीनले अफगानिस्तानलाई ३ करोड डलर बराबरको आपतकालीन सहायता उपलब्ध गराउने बताएको थियो ।

    चीनले पनि तालिबानलाई एक्लो पार्नुको साटो वार्ता गरेर समस्याको समाधान खोज्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दै आएको छ ।

    अगस्टमा, तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि अन्तर्राष्ट्रिय आर्थिक संस्थाहरूले  खाता रोक्का गरे।

    यद्यपि, धेरै मानवीय राहत एजेन्सीहरूले आफ्नो काम जारी राखेका छन् र अफगानिस्तानमा आर्थिक सहायता प्रदान गरिरहेका छन्।

    देशका बैंकको अवस्था नाजुक छ। सरकारी कर्मचारीले तलब नपाएका र देशभित्रै खाद्यान्नको मूल्य ह्वात्तै बढेको छ ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार आईएमएफले मंगलबारयो वर्ष देशको अर्थतन्त्र ३० प्रतिशतले संकुचित हुन सक्ने र यसले आप्रवासी संकट निम्त्याउन सक्ने वताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार