Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

संखुवासभामा दुई युवाबीचको विवादमा खुकुरी चल्यो, गम्भीर घाइते गुरुङलाई विराटनगर ल्याइयो

विराटनगर। संखुवासभाको चिचिला गाउँपालिका-२ दिदिङमा दुई युवाबीचको विवादमा खुकुरी चलेको छ । खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा चिचिला गाउँपालिका-२ दिदिङका ५० वर्षीय दुर्गाबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार साँझ ७ बजेतिर सामान्य विवाद हुँदा सोही ठाउँका ३० वर्षीय दिनेश राईले खुकुरी प्रहार गर्दा गुरुङ गम्भीर घाइते भएका हुन् । खुकुरी प्रहारबाट गुरुङको टाउको,आँखा र शरीरको विभिन्न भागमा चोट लागेको छ ।

गम्भीर घाइते गुरुङको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन सकेपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर ल्याइएको प्रहरीले बताएको छ ।

खुकुरी प्रहार गर्ने राई फरार रहेकाले खोजी कार्य तीब्र भइरहेको संखुवासभा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077