Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल–भारत सीमामा सशस्त्रका घुमुवालाई तस्करले कुटे

जनकपुरधाम । सशस्त्र प्रहरी प्रदेश नम्बर-२ छिन्नमस्ता बाहिनी बर्दिबास महोत्तरीबाट खटिएका घुमुवाको टोलीले नेपाल–भारत सीमाक्षेत्रमा कुटिएका छन् ।

गत बुधबार राती छिन्नमस्ता बाहिनीबाट खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) रामकेवल यादव, हवल्ल्दार बशिष्ठ पटेल र सहायक हवल्दार सुदर्शन बैठा नेपाल–भारत सीमा क्षेत्रस्थित दसगजामा तस्करहरुको समूहबाट कुटिएका हुन् ।

स्रोतका अनुसार बाहिनीपति डीआईजी गणेश ठाडामगरको निर्देशनमा खटिएका उनीहरुले एउटा तस्कर समूहलाई सामान ओसारपसार गर्न छुट दिने र अर्कोलाई नदिने गरेपछि कुटाई खाएका हुन्।

तर, यस बिषयमा डीआईजी ठाडामगरले भने आफूले कुनै पनि घुमुवा परिचालन नगरेको र कसैले पनि कुटाई नखाएको दाबी गरेका छन्।

छिन्नमस्ता बाहिनीमा काजसरुवा भएका डीआइजी ठाडामगरले यसअघिका बाहिनीपति चन्द्रप्रकाश गौतमले तानेका बदनाम घुमुवाहरुलाई तत्तत् स्थानमा खटाइसकेका छन् ।

गौतमले लामो समय सीमा क्षेत्रमा बसी घुस असुुलीमा बदनाम घुमुवाहरुलाई तानेर बाहिनीमा रिफ्रेस तालिम गराई गणहरुमा पोशाक लगाई ड्युटीमा तैनाथ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077