Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

निजी क्षेत्रको जहाजझैं नेपाल वायुसेवा निगमलाई पनि माथि उकासौँ: पर्यटनमन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको एक मात्र सरकारी राष्ट्रिय ध्वजाबाहक विमान नेपाल वायुसेवा निगमलाई सबै मिलेर उचाइमा पुर्याउनुपर्ने बताएका छन् ।

आज मन्त्रलायमा आयोजना गरिएको सरकारी तथा निजी क्षेत्रका जहाज सञ्चालकसँगको छलफलमा मन्त्री आलेले यस्तो बताएका हुन्।

यस्तै उनले देशमा निजी क्षेत्रका जहाज फष्टाएझै सरकारी राष्ट्रिय ध्वजाबाहक जहाज नेपाल वायु सेवा निगमलाई सबै तह, तप्का र क्षेत्रबाट माथि उकास्न एक जुट हुन आग्रह समेत गरे ।

'नेपालका आकासमा निजी क्षेत्र जस्तै सरकारी जहाँजले पनि उडान भरोस भन्ने मैले चोहेको हो,' छलफलमा मन्त्री आलेले भने, 'कृपया सबै मिलेर हाम्रो राष्ट्रिय ध्वजाबहाक जहाज उडाउन सबै लागि परौँ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077