Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लागु औषधसहित २० वर्षीय युवक पक्राउ

कञ्चनपुर । लागु औषधका रुपमा प्रयोग हुने नेट्राभेट १० सहित कञ्चनपुरको पुर्नवास–११ डोकेबजारबाट प्रहरीले आज साँझ एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २० वर्षीय राहुल बाल्मिकी रहेका छन् ।

नेपाल भारत सीमा क्षेत्र डोकेबजारमा पैदल हिड्दै गरेका बाल्मिकी माथि शङ्का लागि जाँच गर्दा उनको साथबाट प्रहरीले लागु औषध नेट्राभेट दश १०५ ट्यावलेट फेला पारेको छ ।

बाल्मिकीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । बाल्मिकीले भारतबाट लागु औषध ल्याएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077