Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मूल्यवृद्धि फिर्ता नभए आन्दोलनको चेतावनी

काठमाडौं । नेपाल आयल निगमले शुक्रबार रातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि ६ विद्यार्थी संगठनले मूल्यवृद्धि खारेज गर्न माग गरेका छन्।

नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, जसपा निकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौका अध्यक्ष देवेन्द्र कुँवर, विप्लवनिकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र क्रान्तिकारी मओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्यवृद्धिले आम नेपालीको जनजीवन कठिन बनाएको ठहर गरेका छन्।

६ विद्यार्थी संगठनले विज्ञप्तिमा भनेका छन–‘दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा चाडवाडको समयमा गरिएको मूल्यवृद्धि र त्यसले समग्र क्षेत्रमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको छ । बहुसंख्यक जनताले निम्न आयमा गुजारा गर्नुपर्ने हाम्रोजस्तो मुलुकमा सरकार नियन्त्रित आयल निगमको केबल तेलको व्यापारीको जस्तो भूमिका किमार्थ स्वीकार्य छैन।’

आयल निगमभित्र भएका भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गर्दै जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन विभिन्न उपायको खोजी गर्नेतर्फ पूर्ण उदासिन रही केबल अन्तर्राष्ट्रिय बजारको मूल्य समायोजनको नाममा एकोहोरो रूपमा गरिएको मूल्य वृद्धिप्रति उनीहरूले कडा आपत्ति जनाएका छन्।

आफूहरुको विज्ञप्ति र सालिन आग्रहलाई बेवास्ता गरिए कडा संघर्षमा उत्रन बाध्य हुने पनि उनीहरूको चेतावनी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077