Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पानामाको नाइट क्लबमा गोली हानाहान : पाँच जनाको मृत्यु

एजेन्सी । पानामा सिटीको एक नाइटक्लबमा स्थानीय गिरोहहरूबीच गोली हानाहान हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।

पनामाका राष्ट्रिय प्रहरी आयुक्त रिकोर्टे डे ला एस्पाडाले ट्वीटरमा उल्लेख गरेअनुसार आज बिहान एस्पेसियो पानामा नाइट क्लबमा दुर्भाग्यपूर्ण घटनाहरू भएका थिए, जसमा पाँच व्यक्तिको मृत्यु भएको थियो।

घटना आपराधिक गिरोहहरू बीचको भिडन्तको परिणाम भएको जनाइएको छ।

प्रहरीले यसअघि नै दुई जनालाई पक्राउ गरिसकेको छ र क्लबमा भएको घटनासँग जोडिएको कार र हतियार बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077