Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सी जिनपिङले भने - कोभिडसँग लड्ने सबैभन्दा शक्तिशाली हतियार एकता र सहयोग हो

एजेन्सी। चिनियाँ राष्ट्रपति सी जिनपिङले कोभिड-१९ भाइरस र यसको उत्पत्ति पत्ता लगाउने राजनीतिकरणले महामारीको विरुद्धमा ऐक्यबद्धताको भावना विपरीत चलेको वताएका छन्।

अक्टोबर ३० मा चीनको राजधानी बेइजिङमा भएको १६औं समूह (जी२०) नेताहरूको शिखर सम्मेलनको पहिलो सत्रलाई भिडियो लिङ्कमार्फत सम्बोधन गर्दै जिनपिङले   विश्व आर्थिक पुनरुत्थानको लागि समन्वयात्मक प्रयासमा जोड दिए।

उनले छ बुँदे ग्लोबल भ्याक्सिन कोअपरेसन एक्सन इनिसिएटिभको प्रस्ताव गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले विकासोन्मुख देशहरूका लागि खोप पहलको प्रस्ताव गरेका हुन।

चिनियाँ राष्ट्रपति सी जिनपिङले भने,  'एकता र सहयोग महामारीसँग लड्ने सबैभन्दा शक्तिशाली हतियार हो।'  जिनपिङलेले विज्ञानमा आधारित दृष्टिकोण अपनाएर महामारीको सामना गर्न र परास्त गर्न अन्तर्राष्ट्रिय समुदायलाई मिलेर काम गर्न आह्वान गरे।

'हामीले रोकथाम, नियन्त्रण, निदान र उपचारमा सहयोग बढाउनुपर्छ र प्रमुख जनस्वास्थ्य आपतकालिनहरूको लागि तयारी बढाउनुपर्छ,' उनले भने।

चीनको प्रस्तावको प्रमुख आकर्षण मध्ये एक छ बुँदे विश्वव्यापी खोप पहल थियो, जुन धेरै विस्तृत थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077