Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सिके राउतद्वारा जसपा अध्यक्ष र इन्जिनियरविरुद्ध उजुरी

जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीले सत्तारुढ जनता समाजवादी पार्टीका नेता र इन्जिनियरहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ ।

आइतबार जनमत पार्टी धनुषा जिल्ला समन्वय समितिका सचिव विजय साहले जनकपुरस्थित पार्टीको केन्द्रीय सचिवालय तोडफोड र आगजनी गरेको आरोपमा १६ जनाविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

जसमध्ये धनुषा अध्यक्ष पशुपति यादव, संघीय परिषद् सदस्य नविन यादव, इन्जिनियरहरू गौरी पण्डित, विजय यादव, सरोज यादव, भवेश मिश्रलगायतमाथि उजुरी दर्ता गराएको जनमत पार्टीले जनाएको छ । पाँच दिनअघि नै उनीहरुविरुद्ध उजुरी दर्ता भए पनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।

केन्द्रीय सचिवालयमा तोडफोड र आगजनी गरेकाहरूलाई पक्राउ गरेर कारबाही गर्न उजुरी दर्ता गराएको र अडिओ/भिडिओ प्रमाणसमेत प्रहरीमा पेस गरेको डा. राउतले बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल प्रहरीले यथाशीघ्र कारबाही गरोस्, अन्यथा आक्रोशित जनताले केही कारबाही गरे हामी जिम्मेवार हुने छैनौं ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077