Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप क्रिकेट: भारत र न्यूजिल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेलहरु हुँदैछन्  ।

आज हुने समूह- २ अन्तर्गतको पहिलो खेलमा अफगानिस्तान र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ  । अबुधावीमा हुने खेल अपरान्ह पौने ४ बजे सुरु हुनेछ ।

यस्तै, आइतबारको दोस्रो खेलमा भारत र न्यूजिल्यान्ड आमनेसामने हुनेछन् ।

दुबईमा हुने उक्त खेलको राति ७ : ४५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा दुबै टोली पाकिस्तानसँग पराजित भएको थियो ।

समूह-२ मा लगातार तेस्रो जितसँगै पाकिस्तान शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077