Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घरायसी विवादमा जेठाजुले बुहारी कुटे, गम्भीर घाइते महिला हस्पिटल भर्ना

रामनारायण यादव / महोत्तरी  । घरायसी विवादमा जेठाजुले निर्घात कुटपिट गर्दा एक महिला गम्भीर घाइते भएकी छिन् ।

महोत्तरीको सम्सी गाउँपालिका वडा नम्वर ७ की २८ वर्षीया सीमा यादवलाई उनको जेठाजु ४० वर्षीय (छोटे)भन्ने जोगेन्द्र यादवले निर्घात कुटपिट गरेका हुन्।

स्थानीका अनुसार (छोटे)जोगेन्द्रले घरायसी विवादमा शनिबार राति निर्घात कुटपिट गर्दा सीमा गम्भीर घाइते भएकी छिन् ।

उनलाई उपचारको लागि जनकपुरस्थित बौधीमाइ हस्पिटलमा भर्ना गरिएको छ । कुटपिटपछि जेठाजु फरार भएको र उनको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सीमाकी श्रीमान् मनोज यादव करिब २ वर्ष देखि वैदेशिक रोजगारमा रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077