Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुनित राजकुमारको निधनपछि ३ फ्यानको ज्यान गयो : दुईलाई हृदयघात, एक जनाले गरे आत्महत्या

एजेन्सी । कन्नड फिल्मका सुपरस्टार पुनित राजकुमारको गत शुक्रबार निधन भयो। उनको हउदयघातका कारण ४६ वर्षको उमेरमा निधन भएको हो।

जिम गएका बेला छाती दुखेको भनेका उनलाई हृदयघातलगत्तै अस्पताल लगिएको थियो। तर उनी बाँच्न सकेनन्। उनको निधन पश्चात् राज्यका सबै थिएटर बन्द गरिएको थियो।

पुनित राजकुमारको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको शवलाई उनकै बुबा आमाको शव राखिएको ठाउँ नजिक गाडिएको छ। पुनित कुमारको निधनमा थुप्रै हस्तीहरुले शोक ब्यक्त गरेका छन्। उनको निधनपछि दुःखी भएर तीन फ्यानको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार पुनितको मृत्यु भएको खबर सुनेपछि एक कर्नाटक चामराजनगरका ३० वर्षका मुनियप्पाको र बेलगाबी जिल्लाका एक फ्यानको मृत्यु भएको छ। उनीहरु दुबैको हृदयघातका कारण निधन भएको हो। बेलगामी जिल्लाका अर्का एक फ्यानले पनि आत्महत्या गरेका छन्।

पुनितका पिता राजकुमार साउथ इन्डियन सिनेमाका आइकन थिए। उनी कन्नड फिल्म इन्डष्टिका पहिलो अभिनेता थिए जसले दादासाहेब फाल्के अवार्ड पाएका थिए। पुनित राजकुमारको परिवारमा पत्नी अश्विनी र दुई छोरी छन्। पुनितका दुई दाईलाई पनि हृदयघात भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077