Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भन्सार छलेर ल्याएको ३ लाखको औषधि बरामद, दुई युवक पक्राउ

रामनारायण यादव / सिरहा । सिरहामा भारतबाट भन्सार छलेर ल्याएको ३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ बराबरको औषधि बरामद गरेको बताएको छ ।

लहान नगरपालिका वडा नम्वर १९ स्थित कटहा चोकबाट २–०१–००१ह.०६७३ नम्वरका अटो रिक्सामा ल्याइँदै गर्दा औषधि बरामद भएको प्रहरीले जनाएको छ ।

चेकजाँच गर्ने क्रममा लाइकोटोन नामको २२५ एम.एल.को १०६२ बोतल बरामद भएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले बताए ।

अबैध कारोबारमा संलग्न दुई जनालाई समेत पक्राउ गरीएको छ । पक्राउ पर्नेमा सिरहाको बरयारपट्टि गाउँपालिका वडा नम्वर ५ बस्ने १८ वर्षीय राकेश कुमार यादव र टेम्पु चालक सिरहाको लहान नगरपालिका वडा नम्वर १ बस्ने २२ वर्षीय सत्रुधन राम रहेको उनले बताए ।

३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ बराबरको उक्त औषधि भन्सार कार्यालय ठाडीमा बुझाइएको र यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077