Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

किराना पसलबाट गाँजा बरामद, संचालक पक्राउ

सिरहा  । प्रहरीले लागूऔषध गाँजासहित सिरहाबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सिरहाको लहान नगरपालिका वडा नम्वर ९ बस्ने ६५ वर्षीय देव नारायण चौधरीलाई पक्राउ गरेको हो ।

चौधरीले संचालन गरेको किराना पसलमा अबैधरुपमा गाँजा बिक्री वितरण गरी रहेको अवस्थामा ९ सय ग्राम लागूऔषध गाँजासहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चौधरीलाई ईलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भईरहेको सिरहाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुभाव बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077