Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

५३३ जनामा संक्रमण पुष्टि हुँदा ९ जनाको मृत्यु, ४९० जना डिस्चार्ज

काठमाडौं ।  पछिल्लो २४ घण्टामा थप  ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ।

मन्त्रालयका अनुसार ७ हजार ४६८ पीसीआर परीक्षणमा ४४१ जना र ४ हजार १९६ एन्टिजेन परीक्षणमा ९२ जना गरी ५३३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ भने सोही अवधिमा ४९० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९ हजार ३१८ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077