Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गुडिरहेको मोटरसाइकल वागमतीको पुलमा ठोक्कियो, प्रहरी जवानको मृत्यु

रामनारायण यादव / जनकपुरधाम  । रौतहटमा मोटरसाईकल दुर्घटनामा परि एक जना प्रहरी जवानको ज्यान गएको छ ।

ज्यान जानेमा सर्लाहीको धनकौल वैरिया घर भई हाल दुर्गा भगवतीको स्थित बडहर्वा प्रहरी चौकीमा कार्यरत रहेका ३३ वर्षीय रामनिवास यादव छन् ।

सोमबबार राति सवा ८ बजेको समयमा गढीमाई नगरपालिकाको धरमपुर स्थित वागमती नदीको पुलमा मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले घटनाको विषयका थप अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077