Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारत, अमेरिका र बेलायतका लागि सिफारिस भएका राजदूतहरुविरुद्ध उजुरी आह्वान

काठमाडौं ।  बेलायत, भारत र अमेरिकाका लागि सिफारिस भएका राजदूतहरुविरुद्ध उजुरी दिन १० दिने सूचना आह्वान गर्ने निर्णय भएको छ ।

मंगलवार सिंहदरवारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु गर्दै उजुरी भए पठाउन १० दिनको समय निर्धारण गर्ने निर्णय गरेको हो।

स्रोतका अनुसार संसद सचिवालयले उजुरी आह्वानका लागि सुचना प्रकाशित गरेको अवधि नाघेपछि शिफारिसमा परेका राजदूतको सुनुवाई गरी अनुमोदनको प्रक्रिया सुरु हुनेछ ।

यसअघि गत कार्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077