Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेसीले भने, ‘बालोन डी’ओर जित्छु जस्तो लाग्दैन’

एजेन्सी – यस वर्षको बालोन डी’ओर विजेता घोषणा गर्ने मिति नजिकिँदै छ। बालोन डी’ओर दौडमा लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, रोबर्ट लेवान्डोस्की, जर्जिन्हो र करिम बेन्जेमा रहेका छन्।

वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान प्रतिष्ठित यो अवार्ड कसले पाउँछ भनेर विभिन्न आँकलनहरु पनि भइरहेका छन्। यसबारे प्रतिस्पर्धीहरुले पनि आफ्नो धारणा व्यक्त गरिरहेका छन्। हालै मेसीले बालोन डी’ओरबारे बोलेका छन्।

मेसीले आफूले अवार्ड जित्नेमा ढुक्क नरहेको बताएका छन्। ‘इमानदार भएर भन्छु, मलाई यो अवार्ड जित्छु जस्तो लागेको छैन,’ स्पोर्ट्ससँगको कुराकानीमा उनले भनेका छन्।

‘मेरो ठूलो पुरस्कार वा उपलब्धि भनेको नै राष्ट्रिय टोलीबाट उपाधि जित्न सफल भएँ। धेरै समयको कसरतपछि सो सफलता हात परेको थियो,’ मेसीले भने।

‘यदि गोल्डेन बल आयो भने यो असाधारण हुनेछ। यो सातौं बिलकुल अनौठो हुनेछ। जितिएन भने पनि केही छैन,’ मेसीले भने, ‘मैले पहिले नै मेरो महान लक्ष्य हासिल गरिसकेको छु। जे भयो त्यसमा खुशी छु अनि अब जे हुनै पर्छ हुन्छ।’

त्यस्तै उनले बालोन डी’ओरका लागि नेयमार किलिएन एमबाप्पेलाई सहजै भोट दिने पनि जानकारी दिएका छन्। ‘मेरो टिममा दुईजना छन् जसलाई म सजिलै भोट दिन्छु। नेयमार र एमबाप्पे,’ मेसीले भने, ‘र रोबर्ट लेवान्डोस्की, जसको वर्ष उत्कृष्ट रह्यो साथै करिम बेन्जेमा पनि, जो निकै राम्रा खेलाडी हुन्।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077