Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा चरा ठोक्कियो, उडान स्थगित

    त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा चरा ठोक्कियो, उडान स्थगित

    अनलाइन नेपाल
  • मंगलबार, १६ कार्तिक २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । मंगलबार साँझमा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा फ्लाई दुबईको विमानमा चरा ठोक्किएको छ ।

    विमानस्थल स्रोतका अनुसार जहाजको बायाँ पङ्खामा चरा ठोक्किएको हो।



    तर, दुर्घटनामा मानवीय क्षती भने भएको छैन। उडान नम्बर एफजेड–५७४ को विमान ७ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुने क्रममा चरा ठोक्किएको थियो।



    विमान दुर्घटनामा परेसँगै ८ बजेर १० मिनेटमा दुबई फर्कनु पर्ने सो जहाजको उडान स्थगित गरिएको छ।

    दुबई जानका लागी विमानस्थल पुगेका १ सय ७९ जना यात्रुलाई होटल सोल्टी र स्पोर्टस् होटलमा राखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार