Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अमेरिकाबाट फेरि आयो ५५ किलो गाँजासहितको पार्सल

    अमेरिकाबाट फेरि आयो ५५ किलो गाँजासहितको पार्सल

    अनलाइन नेपाल
  • शनिबार, ३० मंसिर २०८०
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अमेरिकाबाट पार्सलमा नेपाल पठाइएको ५५ किलो गाँजा बरामद गरेको छ ।

    १०८ वटा कार्टुनमा प्याक गरेर ल्याइएको उक्त गाँजा भन्सार जाँच हुनुअघि नै बरामद गरिएको हो ।



    ठूलो परिमाणमा गाँजा नेपाल ल्याइँदैछ भन्ने सूचनाका आधारमा विमानस्थलमा कडाइ गरिएको थियो ।



    त्यस क्रममा एउटा फर्मको नाममा ल्याइएको कार्टुनहरुमाथि शंका लागेर चेक गर्दा गाँजा भेटिएको थियो ।

    उक्त फर्म र गाँजाबारे थप अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोलाई जिम्मा लगाएको छ ।

    यसअघि अमेरिकाबाट हुलाकमार्फत केही ग्राम लागूऔषध नेपाल पठाउने गरेको भेटिएको थियो ।

    तर यति ठूलो मात्रामा एकै पटक गाँजा अमेरिकाबाट ल्याइएको भने पहिलो पटक भएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार