Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अभिनेता अनुपम खेरले पशुपतिमा भेटिएकी बालिकाको पढाईको जिम्मा लिए

    अभिनेता अनुपम खेरले पशुपतिमा भेटिएकी बालिकाको पढाईको जिम्मा लिए

    अनलाइन नेपाल
  • बुधबार, १७ कार्तिक २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । बलिउड अभिनेता अनुपम खेरले पशुपतिमा भेटिएकी एक बालिकाको पढाइको जिम्मा लिने भएका छन्। खेर स्वयमले पशुपतिनाथ मन्दिर दर्शनका बेला भेटिएकी एक बालिकाको पढाइको खर्च आफूले व्यहोर्ने बताएका छन्।

    आरती नाम गरेकी ती बालिकालाई हिन्दी फिल्म ‘उचाइ’ छायाँकनका लागि नेपाल आएको बेला गत साता पशुपतिनाथ मन्दिर परिसरमा भेटेका थिए। मंलबार एक ट्वीट गर्दै अनुपमले भारतको राजस्थान घर बताउँदै आरतीले आफूसँग पैसा मागेको र राम्रो अंग्रेजी बोल्ने क्षमता भएको भन्दै प्रशंसा गरेका छन्।



    ती बालिकाले आफू स्कुल जान चाहेको, तर पैसा नभएको बताएको अनुपमले उल्लेख गरेका छन्। बालिकाको पढाइको सम्पूर्ण जिम्मेवारी आफूले लिने उनले जनाएका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार