Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

'काेभ्याक्स कस्ट सेयरिङ': चीनद्वारा थप १६ लाख डोज खाेप हस्तान्तरण

काठमाडौं । चिनियाँ राजदूत हाेउ यान्छीले चीन सरकारले उपलब्ध गराएको थप १६ लाख डाेज साइनाेफार्म खाेप स्वास्थ्य तथा जनसंख्यामन्त्री विराेध खतिवडालाई हस्तान्तरण गरेकी छिन्।

बुधबार स्वास्थ्य मन्त्रालयमा चिनियाँ राजदूत  यान्छीले स्वास्थ्यमन्त्री खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेकी हुन् ।

मन्त्रालयका अनुसार चीनबाट हालसम्म पटक-पटक गरी ३४ लाख डाेज खाेप अनुदानमा आएकाे छ ।

सरकारले काेभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डाेज खरिद गरेकाे थियो। जसमध्ये १० लाख २० हजार डाेज खाेप आइसकेकाे छ भने अरूआउने प्रक्रियामा रहेकाे मन्त्रालयले जनाएको छ।

राजदूत यान्छीले चीनकाे खाेप सहयाेगले महामारी नियन्त्रणमा सहयाेगी हुने समेत बताएकी छिन् भने मन्त्री खतिवडाले खोपका लागि धन्यवाद ब्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077