Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अमेरिकी पेस्तोलसहित लागुऔषध कारोबारी पक्राउ

कपिलवस्तु । प्रहरीले अमेरिकी पेस्तोलसहित एक लागुऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मायादेवी गाउँपालिका –६ डुमरा निवासी २२ वर्षीय फेराज अहमद मुसलमान रहेका छन्।

भारतीय नम्बर प्लेटको मोटरसाईकल चढेर चाकरडाँडाबाट पकडीतर्फ जाँदै गरेका मुसलमानलाई अस्थाई प्रहरी पोष्ट बिजुवाको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीका अनुसार मुसलमानको साथबाट अमेरिकामा निर्मित डेन्जर टोएअर पोस्तोल एक थान , त्यसमा लाग्ने गोली २८ राउड , ४२ थान क्याप्सुल र २१ थान ट्याब्लेट लागुऔषध बरामद गरिएको छ।

त्यस्तै एक थान मोवाईल, ४ थान पेनड्राइभ र एक थान वाईफाई स्पिडर समेत बरामद गरिएको बताइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको डिएसपी भण्डारीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077