Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रुसमा २४ घण्टामा ४० हजारभन्दा बढी कोरोना संक्रमित थपिए

    रुसमा २४ घण्टामा ४० हजारभन्दा बढी कोरोना संक्रमित थपिए

    अनलाइन नेपाल
  • बुधबार, १७ कार्तिक २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक धेरै देखिएको छ ।

    सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा रुसमा ४० हजार ४४३ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै देशभरी अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ८६ लाख ३३ हजार ६४३ पुगेको पनि उनीहरुले जानकारी दिएका छन् ।



    त्यसैगरी कोरोनाका कारण देशभरीमा अहिलेसम्म मृत्यु भएकाहरूको कुल सङ्ख्या दुई लाख ४२ हजार ६० पुगेको अधिकारीहरूले बताएका छन् । तीमध्ये पछिल्लो एक दिनमा एक हजार १८९ जनाको मृत्यु भएको हो ।



    रूसमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या ७४ लाख ४५ हजार ४३८ रहेको छ । यो सङ्ख्या पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका ३२ हजार ८०७ सहितको हो ।

    रुसमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने नौ लाख ४६ हजार १४५ रहेको छ । नयाँ थपिएका सङ्क्रमितमध्ये छ हजार ८२७ जना केन्द्रीय राजधानी मस्कोका मात्रै रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार