Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बाढीको चपेटामा रूस, १३ हजारभन्दा बढी आवासीय भवन डुबानमा

    बाढीको चपेटामा रूस, १३ हजारभन्दा बढी आवासीय भवन डुबानमा

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 294
    SHARES

    मस्को । रूसका केही भागमा १३ हजारभन्दा बढी आवासीय भवन डुबानमा परेका छन् ।

    अधिकांश बाढीग्रस्त क्षेत्रहरू ओरेनबर्ग क्षेत्रमा रहेको र यहाँ १२ हजार ८०० घरहरू डुबानमा परेका छन् ।



    ओरेनबर्ग क्षेत्रमा सात हजार ७०० भन्दा बढी मानिसलाई विस्थापित गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।



    ओरेनबर्गको ओस्र्क सहरमा बाढीका कारण ६ हजार ७०० आवासीय भवनहरू डुबानमा परेका र दुई हजार ६१६ मानिसहरूलाई विस्थापित भएका छन् ।

    तापक्रममा निरन्तररूपमा औसत वृद्धिका कारण रूसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र केन्द्रीय संघीय क्षेत्रमा हिउँ पग्लिँदा विपत्ति निम्तिएको छ । रासस/सिन्ह्वा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार