Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सेनाको आकार १५ प्रतिशत बढाउँदै रूस, तत्काल १ लाख ७० हजार सेना भर्ना गरिने

    सेनाको आकार १५ प्रतिशत बढाउँदै रूस, तत्काल १ लाख ७० हजार सेना भर्ना गरिने

    अनलाइन नेपाल
  • शनिबार, १६ मंसिर २०८०
  • 825
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले थप १ लाख ७० हजार सैनिक भर्ती गर्न निर्देशन दिएका छन्।

    रूस-युक्रेन युद्ध २२ औं महिनामा प्रवेश गर्दा शुक्रबार पुटिनको निर्देशन जारी गर्दै क्रेमलिनले तत्काल सैनिकको संख्या १५ प्रतिशत वृद्धि गर्ने प्रक्रिया सुरू गर्न भनेको हो ।



    रूसको रक्षा मन्त्रालयले युक्रेनमा युद्ध र नाटोको निरन्तर विस्तारका कारण रूसमा बढ्दो खतराबीच तयारी अवस्थामा रहन यो कदम चालिएको बताएको छ।



    राष्ट्रपतिको उक्त निर्देशन तत्काल कार्यान्वयनको प्रक्रियामा जाने मन्त्रालयले बताएको छ।

    योसँगै युक्रेनविरूद्ध लड्ने रूसको सेनाको संख्या १३ लाख र कुल सैनिक संख्या २२ लाख पुग्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार