Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चीनलाई तर्साउँदै भारत : सीमा क्षेत्रमा क्रुज मिसाइल र होवित्जर तोप तैनाथ

काठमाडौं । पछिल्ला दिनहरुमा नेपालका दुई छिमेकी मुलुक भारत र चीनबीचको विवाद बढिरहेको छ। सीमा जोडिएको क्षेत्रमा दुई देशबीच तनावको स्थिति सिर्जना भएको छ।

हालै भारतले सीमा जोडिएको क्षेत्रमा क्रुज मिसाइल तैनाथ गरेको छ। समाचार एजेन्सी एएफपीका अनुसार भारतले अरुणाचल प्रदेशमा चीनसँग सीमा जोडिएको क्षेत्रमा क्रुज मिसाइलका साथै होवित्जर तोप पनि तैनाथ गरेको छ।

हालै चीनले नयाँ सीमा कानून ल्याएपछि भारतले सीमा क्षेत्रमा हतियार तैनाथ गरेको सार्वजनिक भएको हो। यो क्षेत्रमा अमेरिकामा बनेको चिनुक हेलिकोप्टर र इजराइलमा बनेका ड्रोनहरु पनि तैनाथ रहेको बताइएको छ।

गत वर्ष भारतीय र चिनियाँ सेनबीच झडप भएपछि सीमा क्षेत्रको सुरक्षा चुस्त बनाउनुपर्ने आवश्यकता देखिएको भारतीय अधिकारीहरुले बताएका छन्।

गत वर्षको झडपपछि १२ चरणसम्म दुई सेनाका प्रतिनिधिबीच वार्ता भएको छ। तर, वार्तामा कुनै प्रगति भएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077