Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रचण्डसँग मिलेर एमसीसी पास गराउन पत्र पठाइसकेको देउवाको खुलासा

काठमाडौं । सर्वाधिक चासोको बिषयमा रहेको अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको पछिल्लो अभिव्यक्तिपछि नेपाली राजनीतिमा तरंग पैदा भएको छ।

संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर आज बिहान स्वदेश फर्केका प्रधानमन्त्री देउवाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर एमसीसी पास गराउन पत्र लेखेको खुलासा गरे ।

त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग बोल्दै प्रधानमन्त्री देउवाले भने–‘प्रचण्डजी र मैंले एमसीसी पास गराउँछौं भनेर पत्र पठाइसकेका छौं।' उनले एमसीसी संसदबाट प्रक्रिया पूरा गरेर पास हुने पनि बताए ।

तर, माओवादी अध्यक्ष प्रचण्डले भने अहिलेकै अवस्थामा एमसीसी पारित हुनै नसक्ने बताउँदै आएका छन्।

बेलायतमा भएको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा प्रधानमन्त्री देउवाले एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुसँग भेटघाट गरेका थिए ।

करिब एक हप्ताको बसाईपछि स्वदेश फर्किएका देउवा एमसीसी पास गराउने रणनीतिमा जुटेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077