Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्वास्थ्य मन्त्रालयले भन्यो- फाइजर खोप खरिद प्रक्रिया रोकिएको छैन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोर–किशोरीलाई लक्षित फाइजरको ६० लाख मात्रा खोप खरिद प्रक्रिया अगाडि बढिरहेको जनाएको छ।

मन्त्रालयले आज एक बिज्ञप्ति जारी गर्दै विश्व बैंकको सहयोगमा फाइजरको ६० लाख मात्रा खोप खरिद गर्ने तयारी भइरहेको उल्लेख गरेको छ।

मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलद्वारा जारी गरिएको बिज्ञप्तिमा कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले उच्च प्राथमिकता दिँदै आएको बताइएको छ।

प्रवक्ता डा पौडेलले आज विज्ञप्ति प्रकाशन गरेर खोप खरिद पक्रिया मन्त्रिपरिषद्मा नरोकिएको समेत स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077