Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउसी खेलेर फर्कदै गरेका कलाकारहरु चढेको बस दुर्घटना हुँदा ३२ जना घाइते, ५ को अवस्था गम्भिर

हेटौंडा । लक्ष्मीपूजाको दिन देउसी खेल्न गएका कलाकारहरु चढेको बस मकवानपुरको बकैयामा पल्टिँदा ३२ जना घाइते भएका छन् ।

गए राति करिब सवा १ बजेको समयमा मकवानपुरको बकैया गाउँपालिका–४ अजिङ्गरेमा देउसी खेलेर हेटौंडातर्फ फर्किने क्रममा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान मकवानपुरको ३२ जना कलकारहरु चढेको बस अनियन्त्रित भइ सडक छेउको खेतमा पल्टिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बकैया–३ हात्तिसुडे देउसी खेली फर्किने क्रममा बागमती प्रदेश ०३–००१ ख १३०९ नम्बरको बस दुर्घटनामा परेको हो ।

घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको हेटौंडा र चितवनका अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077